Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

राष्ट्र बैंकले पुनः ट्रेजरी बिल बिक्री गर्दै

राष्ट्र बैंकले पुनः ट्रेजरी बिल बिक्री गर्दै

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले पुनः २५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सोमबार दिउँसो ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

    images
    images
    images

    जारी मिति असार ७ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् भने बिक्री गरिने कुल ट्रेजरीहरु मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँ बराबरको रहेको छ ।

    राष्ट्र बैंकका अनुसार सो दिन बिक्री हुने कुल २५ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी मध्येमा पुरानो नविकरण अन्तर्गत २० अर्ब ५३ करोड र नयाँ पाँच अर्ब रुपैयाँ बराबरको रहेको छ ।

    यसअघि राष्ट्र बैंकले जेठ ३० गते २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij