Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ८० करोड संस्थागत निक्षेप राख्दै

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ८० करोड संस्थागत निक्षेप राख्दै

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ८० करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    पेन्सन तथा उपदान कोषमा रहेको रकम तीन सय ६५ दिने मुद्दती निक्षेपका रूपमा २०७९ असार २२ देखि २०८० असार २० गतेसम्मका लागि उक्त परिमाणमा रकम राख्न लागिएको राष्ट्र बैंकले सूचनामार्फत जनाएको छ ।

    AGNI GROUP

    मुद्दती निक्षेपका रूपमा राखिने कुल रकममध्येमा वाणिज्य बैंकहरूका लागि ६४ करोड, विकास बैंकहरूका लागि १२ करोड र फाइनान्स कम्पनीहरूका लागि चार करोड रुपैयाँ छुट्याइएको जनाईको छ ।

    रकम लगानी गर्न इच्छुक तथा फाइनान्स कम्पनीहरूले यही असार ७ गते अपराह्न ४ बजेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याजसमेत उल्लेख गरेर आवेदन दिन सक्ने जनाईएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij