
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार देशभरमा थप १ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ। पछिल्लो २४ घण्टामा थप ५ हजार ३६४ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij