
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । आज बिहीवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज प्रतितोला ८०० रुपैयाँले बढेको हो । छापावाल सुन प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रति तोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रति तोला १ हजार २४५ रुपैयाँ कायम भएको थियो
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij