Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

राजस्व छलीमा २०३ जनाविरुद्ध मुद्दा

राजस्व छलीमा २०३ जनाविरुद्ध मुद्दा

  • काठमाडौँ । राजस्व अनुसन्धान विभागले पछिल्लो नौ महिनामा १० अर्ब ३० करोड रुपियाँ जरिवाना माग गरेर २०३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । यी घटनामा जरिवानाको दोब्बरले हुन आउने २० अर्ब ६१ करोड रुपियाँ बियो माग दाबी गरेर उच्च अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभएको छ ।

    images
    images
    images

    पौडेलका अनुसार सो अवधिमा विदेशी मुद्रा अपचलनको आरोपमा ४६ वटा मुद्रामा ७८ जनालाई प्रतिवादी बनाएर एक अर्ब १० करोड रुपियाँ बिगो रकम माग गरेर मुद्दा दायर भएको छ ।

     यस्तै, भेहिकल एन्ड कन्साइनमेन्ट ट्रथाकिङ सिस्टम (भीसीटीएस) पालना नगर्ने ६६८ वटा फर्म र सवारीसाधनलाई कारबाही गरेर तीन करोड ४३ लाख रुपियाँ राजस्व सङ्कलन भएको पनि विभागले जनाएको छ । विभागले अनुगमन कार्यलाई प्राथमिकतासाथ अगाडि बढाइरहेको बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij