काठमाडौँ । आज सोमबार छापावाल सुनको मूल्य ३०० रुपैयाँले घटेर ९८ हजार ९०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ४०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ भने १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ८० रुपैयाँमा कायम भएको छ ।