Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

१५औं गणतन्त्र दिवस टुँडिखेलमा मनाइयो

१५औं गणतन्त्र दिवस टुँडिखेलमा मनाइयो

  • काठमाडौँ । १५औं गणतन्त्र दिवस आज जेठ १५ गते अर्थात् राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन (गणतन्त्र दिवस)को अवसरमा डिखेलमा विशेष कार्यक्रम आयोजना गरि बनाउदै । 

    images
    images
    images

    राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायमुकायम प्रधानन्याधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थितिमा गणतन्त्र दिवस मूल समारोह समितिले कार्यक्रम आयोजना गरेको हो । 

    नेपाली सेनाको हेलिकोप्टरबाट पृष्पवृष्टिसहित शुभारम्भ भएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास र राष्ट्रियभावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गरिएको थियो । समारोहमा ‘मेरो टोपी कैलाशको शीरजस्तो...’, बनेको छ पहराले यो छाती मेरो...’ र ‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली भन्नलाई...’ बोलका गीत संगीत गुञ्जिएका थिए । प्रतिकूल मौसमका कारण यस वर्ष विविध जाजातिगत झाँकी र प्रदर्शनी भने राखिएको थिएन ।

    २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij