Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बालेनको विजयीले जनताको आशा र विश्वासको जित भएको छ  : विश्वप्रकाश शर्मा

बालेनको विजयीले जनताको आशा र विश्वासको जित भएको छ  : विश्वप्रकाश शर्मा

  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरमा बालेन शाहको जितले मुलधारका दललाई बदलिन सन्देश दिएको बताएका छन् ।

    images
    images
    images

    जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनु दलहरुको कर्तव्य भएको शर्माले बताए । ‘बदलिएको समय अनुरुप आफूलाई बदल्नु हामी राजनैतिक दल, नेतृत्व, व्यक्ती, प्रवृत्ति र पद्धति सबैको जिम्मेवारी हो’, सामाजिक सञ्जालमा शर्मा लेख्छन्, ‘काठमाडौ महानगरमा बालेनको विजयले हामीलाई यसका लागि जबर्जस्त दबाब सकारात्मक ढंगले दिएको छ ।’

    विजयी बनाइसकेपछि बालेन एक्लै हुन् या एक्लै छन् भन्ने नसोचेर जनताका काममा सघाउन शर्माले दलहरुलाई आग्रह गरेका छन् । ‘बालेनको विजय हाम्रो पराजय मात्रै होइन, उनीप्रति जनताको आशा र विश्वासको जित पनि हो’, शर्मा भन्छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij