
Aug 16 2025 | २०८२, साउन ३१ गते
काठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न भएको ९ मा ७ सय स्थानीय तहको अन्तिम मत मरिणाम सावैजनिक भएको छ । ७५३ स्थानीय तहमध्ये हालसम्म ७०० स्थानीय तहको अन्तिम नतिजा घोषणा भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार स्थानीय तहको प्रमुखतर्फ २ सय ५१तथा अध्यक्षतर्फ ४ सय ४९ स्थानको नतिजा घोषणा भएको हो।
आयोगले सावैजनिक गरेको मत परिणाम अनुसार नेपाली कांग्रेसले प्रमुखमा १ सय २४ र अध्यक्षमा १ सय ८४ पालिका जितेको छ। कांग्रेसले अझैपनि १० प्रमुख र ४ अध्यक्ष पदमा अग्रता कायमै राखेको छ। यस्तै नेकपा एमालेले स्थानीय तहका प्रमुखमा ६७ तथा अध्यक्षमा १२१ पद जित्दा १५ प्रमुख र २ अध्यक्षमा अग्रता कायमै राखेको छ।
नेकपा माओवादी केन्द्रले प्रमुखमा २४ र अध्यक्षमा ९६ पद जित्दा अझैपनि प्रमुखमा २ पालिकामा अग्रता कायमै राखेको छ । यस्तै एकीकृत समाजवादीले ९ प्रमुख जित्दा अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले २५ पालिका जितेका छन् ।
गाउँपालिकातर्फ जसपाले २० स्थानीय तह जित्दा एकीकृत समाजवादी, लोसपा, जनमतलगायतका पार्टी र स्वतन्त्र उम्मेदवारले २४ पालिकामा जित हासिल गरेका छन् । हाल साना पार्टी तथा स्वतन्त्र उम्मेदवारहरूले विभिन्न पालिकामा १५ स्थानमा अग्रता बनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij