
Aug 16 2025 | २०८२, साउन ३१ गते
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहलाई १७ हजारको मतान्तर हुँदा एमालेको मेयरको उम्मेदवार केशव स्थापित भने तेस्रो स्थानमा झरेको छ । उनलाई कांग्रेसकी सिर्जना सिंहले पछि पारेकी छन् ।
एक लाख मत गणना सकिएको छ। अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन् । साहले ३६ हजार २२६ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह)को मत १९ हजार ९१० रहेको छ भने स्थापित १९ हजार ८५० मतले पछ्याइरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij