
Aug 16 2025 | २०८२, साउन ३१ गते
धनुषा । धनुषाको सबैला नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कारी राम यादव निर्वाचित भएका छन्। सबैला माओवादी केन्द्रका नेता मातृका यादवको गृह नगर हो ।
मेयरमा निर्वाचित यादवले ४ हजार २ सय १२ मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जगत सुन्दर शाह मधुपले ४ हजार ७६ मत पाए । तेस्रो भएको एकमालेका राजकिशोर यादवले ३ हजार ५ सय ८१ मत ल्याए ।
यस्तै, उपमेयरमा पनि माओवादीकै रहिमा खातुन ४ हजार ६ सय ९९ मतका साथ निर्वाचित भएकी छन् । उनकी निकटतम् प्रतिस्पर्धी कांग्रेसकी किरण कुमारी कापरले ३ हजार ६ सय ४ मत ल्याइन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij