Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

बेलिब्रिज निर्माण गर्ने ऐसेलुखर्क गाउँपालिकाको निर्णय

बेलिब्रिज निर्माण गर्ने ऐसेलुखर्क गाउँपालिकाको निर्णय

  • खोटाङ । नयाँ जनप्रतिनिधि निर्वाचित भएलगत्तै खोटाङको ऐसेलुखर्क गाउँपालिकाले अन्तरपालिका र अन्तर जिल्ला जोड्ने बेलिब्रिज निर्माण गर्ने निर्णय गरेको छ। 

    images
    images
    images

    नव निर्वाचित जनप्रतिनिधिको पदभार तथा गोपनीयताको सथप ग्रहण लगत्तै शुक्रबार बसेको बैठकले ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका जोड्ने दुधकोसी तथा ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलको बारियोसिस्ने र केपिलासगढी गाउँपालिका जोड्ने रावाखोलामा बेलिब्रिज राख्ने निर्णय गरेको हो।

    images

    नवनिर्वाचित अध्यक्ष गिरेन्द्रबहादुर राईको अध्यक्षतामा बसेको बैठकले ज्येष्ठ नागरिक, अशक्त र अपांगता भएका लाभग्राहीले पाउने सामाजिक सुरक्षाभत्ता बैंकसँगको सहकार्यमा घरदैलोमै पुर्‍याएर वितरण गर्ने व्यवस्थाका लागि कार्यपालिकाबाट अनुमोदन गर्ने निर्णय गरेको छ। भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट अध्यक्षमा राई र उपाध्यक्षमा राजेश राजभण्डारी विजयी भएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij