
Aug 16 2025 | २०८२, साउन ३१ गते
विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी भएका छन् । गएराति सार्वजनिक गरिएको मतपरिणामको अन्तिम मतपरिणामअनुसार कोइराला ३० हजार १ सय ७० मतका साथ विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागर कुमार थापाले २१ हजार ४ सय ५५ मत पाए। स्वतन्त्र उम्मेदवार उमेश कुमार यादव तेस्रो भए। यसैगरी सो महानगरपालिकाको उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी भइन्। उनले जसपाका अमरेन्द्र यादवलाई पराजित गर्दै विजयी भएकी हुन्।
शिल्पाले २५ हजार ६ सय ८० मत पाउँदा अमरेन्द्रले १४ हजार २ सय १९ मत पाए। विराटनगरमा सत्ता गठबन्धन रहेको थियो। जसअनुसार कांग्रेसले मेयर र जसपाले उपमेयर पाएको थियो। जसमा गठबन्धन तोड्दै उपमेयर एमालेले जितेको हो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij