
Apr 23 2025 | २०८२, वैशाख १० गते
ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा माओवादी कांग्रेस गठबन्धनको जित भएको छ । गोदावरीमा १४ वडा छ। मेयरमा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र महर्जन र उपमेयरमा मुना अधिकारी पुनः निर्वाचित भएका छन् । महर्जनले १९ हजार १ सय ७० मत हासिल गरी विजयी प्राप्त गरेका छन् । नेकपा एमालेका मेयरका उम्मेदवार गम्भिर बहादुर राणाले १५ हजार २ सय ३२ मत पाएका छ्न् ।
मुना अधिकारीले १८ हजार ५ सय ३६ मतसँगै विजयी भइन् । उनकी निकटतम प्रतिश्पर्धी नेकपा एमालेका उपमेयरका उम्मेदवार रमी प्रधानाङ्गले १४ हजार ३ सय ५ मत पाएकी छिन् ।
वडा नं. १ मा कांग्रेसका श्री राज थापाले जितेका छन् । थापाले १४३७ मत पाएका छन् । वडा नं. २ मा कांग्रेसका मनोहर सिलवाल १०४१ मतसहित वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नं. ३ मा माओवादी केन्द्रका सानुराज घिमिरे १०५८ मतसहित विजयी भएका छन् । वडा नं. ४ मा कांग्रेसका सानुभाइ नगरकोटी १ हजार मतसहित विजयी भएका छन् ।
वडा नं. ५ मा कांग्रेसका मिलन सिलवाल १४६६ मतसहित विजयी भएका छन् । वडा नं. ६ मा कांग्रेसका विष्णुमान महर्जन ८१८ मतसहित विजयी भएका छन् । वडा नं. ७ मा कांग्रेसका मथुराप्रसाद शर्मा ८२९ मतसहित विजयी भएका छन् । वडा नं. ८ मा माओवादीका शुकबहादुर लामा ६५४ मतसहित विजयी भएका छन् । वडा नं. ९ मा कांग्रेसका आत्मााम थापा क्षेत्री १०८४ मतसहित विजयी भएका छन् ।
वडा नं. १० मा कांग्रेसका शेखर न्यौपाने १५९७ मतसहित विजयी भएका छन् । वडा नं. ११ मा कांग्रेसका निलबहादुर देशार २४२६ मतसहित विजयी भएका छन् । वडा नं. १२ मा कांग्रेसका जगतबहादुर महर्जनले १९७० मतसहित विजयी भएका छन् । वडा नं. १३ मा नेकपा एमालेका भास्कर थापाले १०४९ मतसहित विजयी भएका छन् ।
वडा नं. १४ मा कांग्रेसका निरोज बज्राचार्यले १२६४ मतसहित विजयी भएका छन् ।
कांग्रेसले ११ वटा, माओवादीले २ वटा र एमालेले १ वटा वडामा वडाध्यक्ष जितेको छ ।
वडाअध्यक्ष र सदस्यहरुको विवरण
१ नम्बर वडाको वडाध्यक्ष श्री राज थापा
सदस्यहरु हरिहर कार्की, सुमन आचार्य, मिना श्रेष्ठ, झुमा पुर्कुटी
२ नम्बर वडाको वडाध्यक्ष मनोहर सिल्वाल
सदस्यहरु रमेश बिष्ट, कर्ण तामाङग, शोभा बानियाँ (बुढाथोकी), रीता पुर्कुटी मिजार
३ नम्बर वडाको वडाध्यक्ष सानु राजा घिमिरे
सदस्यहरु दिपक लामा, सन्तोष कुवँर, संगीता तामाङ्ग, सविना नेपाली
४ नम्बर वडाको वडाध्यक्ष सानु भाइ नगरकोटी
सदस्यहरु उपेन्द्र आचार्य, सुवेर बहादुर पहरी, सुमन खनाल, मन्जु नेपाली
५ नम्बर वडाको वडाध्यक्ष मिलन सिल्वाल
सदस्यहरु ईश्वर मान डंगोल, अमित नगरकोटी, उमा खड्का, रमिता सुनार
६ नम्बर वडाको वडाध्यक्ष बिष्णुमान महर्जन
सदस्यहरु सुजन नगरकोटी, निरोज मार्पा तामाङ्ग, पवित्रा खड्का, कल्पना सुनार
७ नम्बर वडाको वडाध्यक्ष मथुरा प्रसाद शर्मा
सदस्यहरु अजय लामा, विष्णु प्रसाद तिमल्सिना, शान्ता माया तामाङ, विनिता नेपाली
८ नम्बर वडाको वडाध्यक्ष शुक बहादुर लामा
सदस्यहरु भिष्म धिताल, विराज दनुवार, मिना अधिकारी, रुपा परियार
९ नम्बर वडाको वडाध्यक्ष आत्मा राम थापा(क्षत्री)
सदस्यहरु टुल्कु लामा योञ्जन, जगत बहादुर सिंतान, मनु पान्डे थापा, जमुना बयलकोटी(नेपाली)
१० नम्बर वडाको वडाध्यक्ष शेखर न्यौपाने
सदस्यहरु रामेश्वर के.सी, शान्त मणी चालिसे, मैया के.सी, सुजाता सुनार
११ नम्बर वडाको वडाध्यक्ष निल बहादुर देशार
सदस्यहरु बद्री श्रेष्ठ, सुनन्द महर्जन, लक्ष्मी देवी महर्जन, रेस्मा नेपाली
१२ नम्बर वडाको वडाध्यक्ष जगत बहादुर महर्जन
सदस्यहरु बेखा राम महर्जन, अशेष महर्जन, शोभा कार्की, राम माया नेपाली
१३ नम्बर वडाको वडाध्यक्ष भास्कर थापा
सदस्यहरु कमल बहादुर के.सी, प्रेम बहादुर थापा, मुन्ना थापा के.सी, मैयाँ रोक्का नेपाली
१४ नम्बर वडाको वडाध्यक्ष निरोज बज्राचार्य
सदस्यहरु लक्ष्मी नारायण श्रेष्ठ, बाबुराजा महर्जन, संगिता श्रेष्ठ, कमला दमाई
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij