Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

निर्वाचन आयोगले दियो पाँच दिनभित्र मतगणना सम्पन्न गर्न निर्देशन 

निर्वाचन आयोगले दियो पाँच दिनभित्र मतगणना सम्पन्न गर्न निर्देशन 

  • काठमाडौं । निर्वाचन आयोगले विभिन्न कारण स्थगन भई मतदान सम्पन्न भएका पालिकाहरुको मतगणना जेठ ५ गतेसम्म सम्पन्न गर्न निर्देशन दिएको छ । 

    images
    images
    images

    ‘विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकाको हकमा मतदान सम्पन्न भएकै दिन मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि यथाशिघ्र गणना प्रारम्भ गरी बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न-गराउन आयोग निर्देश गर्दछ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । चार सय ६० पालिकाहरुको अन्तिम परिणाम प्राप्त भइसकेको आयोगले जनाएको छ ।

    images

    विज्ञप्तिमा धेरै मत गणना गर्नुपर्ने महानगर र उपमहानगरपालिकाहरुका हकमा बढीभन्दा बढी मत गणना टोली व्यवस्था गरी तोकिएको समयभित्र मतगणना कार्य सम्पन्न गर्नका लागि यसअघि नै आयोगबाट भएको निर्देशनलाई आयोग पुनः स्मरण गराएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij