
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडाैँ । सार्वजनिक सवारीको भाडा सरकारले पुनः बढाएको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुवाहक सवारीसाधनको भाडा ३.५५ ले बढाएको छ ।
पहाडमा मालबाहक सवारीका लागि ४.६५ र तराईमा ५.१५ का दरले भाडा बढाइएको छ । पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा फेरी बढाउने निर्णय भएको हो । यस नयाँ मूल्य आज जेठ ४ गतेदेखि लागु हुनेछ ।
पछिल्लो पटक भाडा समायोजन हुँदा डिजेलको बजार मूल्य १३८ रुपैँया प्रति लिटर थियो भने हाल डिजेलको बजार मूल्य १५३ रुपैँया प्रति लिटर रहेको छ । यस समयमा इन्धनको मूल्य १०.८३५ ले बढेको हो। यसअघि २०७८ चैत १७ गते सार्वजनिक सवारीसाधनको भाडादर बढेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij