Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

सप्तरीको हनुमाननगरबाट सिके राउतकाे पार्टीले खोल्यो खाता

सप्तरीको हनुमाननगरबाट सिके राउतकाे पार्टीले खोल्यो खाता

  • सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा जनमत पार्टीको उम्मेदवार निर्वाचित भएका छन् । मेयर पदका उम्मेदवार वीरेन्द्र माझी हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । 

    images
    images
    images

    माझीले जसपाका उम्मेदवार एवं निवर्तमान मेयर शैलेश साहलाई १६१ मत अन्तरले पराजित गरेका हुन् । माझी ६ हजार ४०७ मत ल्याएर निर्वाचित हुँदा साहले ६ हजार २४६ मत प्राप्त गरे ।

    images

    साह २०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट मेयरमा निर्वाचित भएका थिए । पछिल्लो समय उनी जसपामा थिए । हनुमानगर कंकालिनी जितसँगै जनमत पार्टीले आफ्नो जितको पहिलो खाता खोलेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij