
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडौं । भक्तपुर नगर प्रमुखमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति निर्वाचित भएका छन् ।उनले २९ हजार २ सय मत ल्याएर विजयी भएका छन । उनी पछि कांग्रेसका रामप्रसाद कसुलाले ३ हजार ३ सय ५२ मत पाएका छन् ।
यस्तै उपमयेरमा पनि नेमकिपाबाट नै रजनी जोशी निर्वाचित भएकी छिन् । उनले २९ हजार ६९५ मत ल्याएकी छिन् । उनका प्रतिद्वन्द्वी एमालेकी रञ्जना खर्बुजाले २ हजार ७ सय २४ मत र एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७४२ मत ल्याएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij