Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

परिवारले नपत्याएका यी उम्मेदवार, जसले आफ्नै मत मात्र पाए 

परिवारले नपत्याएका यी उम्मेदवार, जसले आफ्नै मत मात्र पाए 

  • कतिपय उम्मेदवारहरूले आफ्नोबाहेक अरू कसैको पनि भोट पाउन सकेको देखिँदैन । अर्थात् उनीहरूले एक मत मात्र पाएका छन् ।

    images
    images
    images

    काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी छ । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलका उम्मेदवारहरूबीच नै प्रतिस्पर्धा चलिरहेको छ । कतिपय उम्मेदवारहरूले आफ्नोबाहेक अरू कसैको पनि भोट पाउन सकेको देखिँदैन । अर्थात् उनीहरूले एक मत मात्र पाएका छन् । त्यो उनी आफैंले दिएको मत मात्र । या कुनै एक व्यक्तिले मात्र दिएको मत हो । 

    यतिसम्म कि उनीहरूलाई आफ्नै घरका सदस्यहरूले समेत पत्याएको देखिँदैन । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा उम्मेदवार बनेका यामयाङ टासीलाई आफूबाहेक कसैले पनि पत्याएनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका टासीले एक मत मात्र पाए ।

    धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षका लागि उम्मेदवारी दिएका एकीकृत समाजवादीका उम्मेदवार दिवश कार्कीले एक मत मात्रै पाए । २९ वर्षीय कार्कीले आफ्नो मात्र भोट पाएका हुन् । 

    धादिङ र मनाङका उम्मेदवारले मात्र नभएर अन्तिम मतपरिणाम सार्वजनिक भइसकेका कतिपय स्थानीय तहका कतिपय उम्मेदवारले एक मत मात्र पाइरहेका छन् । यस्ता उम्मेदवारको धरौटीसमेत जफत हुनेछ ।  

    यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा ५० भन्दा बढी नगरपालिकाका उम्मेदवारले एक मत मात्रै पाएका थिए । काठमाडौं, भक्तपुर, ललितपुरदेखि कतिपय जिल्लाका नगरपालिकाको मेयरका उम्मेदवारले नै एक मत मात्र पाएका थिए । त्यस्तै वडाध्यक्ष, वडासदस्यका उम्मेदवारले पनि त्यसरी नै आफ्नोबाहेक अरू कसैको मत पाउन सकेनन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij