
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि मत माग्ने आज अन्तिम दिन हो । आज मध्य रातीबाट मौन अवधि शुरू हुँदैछ ।
लामो समयदेखि निर्वाचन केन्द्रित सभा, सम्मेलन गर्दै आएका राजनीतिक दलहरुले आज अन्तिम दिन चुनावी सभाको तयारी गरेका छन् । मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा-सम्मेलन, कार्यशाला, गोष्ठी गर्न लगायतका कार्य निशेष गरिएको छ ।
त्यस्तै, मतदानस्थल वरिपरि चुनाव केन्द्रित प्रचार-प्रसार राख्न नपाउँने, उम्मेदवारलाई फेसबुक, ट्वीटर, टिकटकलगायत समाजिक सञ्जाल प्रयोगमा कडाई लगायतका आचारसंहिता विपरीतका कार्यमा रोक लगाइने छ ।
मौन अवधिमा मदिरा विक्रि वितरणमा समेत प्रतिबन्ध लगाईएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij