Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

इसेवा मनी ट्रान्सफर र रोमानियाको स्मिथ एण्ड स्मिथबीच मनी ट्रान्सफरबीच भुक्तानी सम्झौता

इसेवा मनी ट्रान्सफर र रोमानियाको स्मिथ एण्ड स्मिथबीच मनी ट्रान्सफरबीच भुक्तानी सम्झौता

  • काठमाडौँ । संसारका दुईसय बढी मुलुकबाट डिजिटल प्रविधिमार्फत सुलभ दरमा नेपालमा रेमिट्यान्स भित्राउँदै आएको इसेवा मनी ट्रान्सफर र रोमानियाको प्रथम मनी ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

    images
    images
    images

    रेमिट्यान्स् भुक्तानी सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र स्मिथ एण्ड स्मिथबाट प्रशासक जर्जेटा पोक्नेजले हस्ताक्षर गरेका हुन्  

    images

    सम्झौतासँगै, रोमानियामा अध्ययन, काम तथा बसोवास गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई, स्मिथ एण्ड स्मिथका रोमानिया भरी रहेका कुनै पनि शाखाबाट सिधै नेपालमा सम्बन्धित व्यक्तिको बैंक खातामा पैसा पठाउन सक्नेछन् । भने साथै देशभरी ५० लाख प्रयोगकर्ताको सञ्जाल रहेको इसेवा वालेटमा समेत तुरुन्तै रकम पठाउन सकिन्छ ।

    यसैगरि रोमानियाको स्मिथ एण्ड स्मिथबाट आएको रेमिट्यान्स नेपालभर रहेका इसेवा मनि ट्रान्सफरका १८ हजार भन्दा धेरै एजेण्ट÷नेटवर्कको सञ्जालबाट समेत तुरुन्तै प्राप्त गर्न सकिनेछ । इसेवा वालेटमा रेमिट्यान्स् पठाउँदा अतिरिक्त रु. ७७ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ जनाइएको छ । 

    यस्तै, हाल इसेवा मनी ट्रान्सफरको ’रेमिटोत्सव’ योजना चलिरहेको हुनाले स्मिथ एण्ड स्मिथबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपाल पैसा पठाउँदा दैनिक रु. ५,००० तथा बम्परमा रु. ५०,००० रुपैयाँ समेत जित्न सकिनेछ जनाइएको छ ।

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij