
Apr 01 2025 | २०८१, चैत १९ गते
ललितपुर । ललितपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट उपप्रमुखमा बाबुराजा बज्राचार्य उम्मेदवार छन् ।सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार ललितपुर महानगरमा प्रमुख नेपाली काँग्रेसका चिरिबाबु महर्जन र उपप्रमुखपदमा नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्य प्रत्यासी छन् । उपप्रमुखपदमा उम्मेदवारी दिएसँगै बज्राचार्यले चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तीब्रतादिएका छन्। उनै बज्राचार्यसँग चुनावीकार्ययोजनाको बारेमागरिएको कुराकानीको सम्पादितअंशः
१ .तपाई ललितपुर महानगरपालिकाको उपमेयरको उम्मेदवार किन?
म यहीको बासिन्दा । लामो समययही राजनीति गरें । यहाँका स्थानीयलाई आइपर्ने कठिनाइमा सधैंनजिकभएर हातेमालो गरेँ । ललितपुरको राजनीतिक परिवर्तन र विकास निर्माणमा म चार दशकदेखि सहभागीहुँदै आएको छु । स्थानीय स्तरमाआफूले गरेको भूमिका र राजनीतिक पृष्ठभूमिका आधारमामलाई पार्टीले उम्मेदवार बनाएको हो ।
२ .तपाईलाई महानगरवासीले उपमेयर किनबनाउने ?
म ललितपुरकै विकास र परिवर्तनको लागि लड्दै आएको एउटा सिपाहीहुँ । म १२ वर्षकोउमेरदेखि नै बहुदलीयव्यवस्थाको लागिनिलो झण्डा बोकेर हिडेको व्यक्तिहुँ । सानै उमेरदेखि सामाजिक र राजनीतिक क्षेत्रमालागेको थिएँ । पार्टी र समाजको तल्लो तहर तप्कामा बसेर अनवरत खटिइरहेको छु । मैले २०३५ सालयताका राजनीतिक घटनाक्रममा प्रत्यक्ष रुपमा सामेल हुँदै आएको छु । २०४५ सालमा म तत्कालीनललितपुर नगरपालिकाको नगर कमिटीको सदस्य बनें । २०४६ को जनआन्दोलनमानगर कमिटीको सल्लाहकार बनेँ । त्यतिबेला कमिटीको प्रचारप्रसार विभाग सम्हालेको थिएँ । त्यस्तै, नेपाल भ्रमण वर्ष १९९८ मापनिनगरपालिकाको सचिवालय सदस्यभएर काम गरेँ । २०४९ सालको स्थानीयतहको निर्वाचनमा वडा नं. १८ को सदस्यभएँ । त्यतिबेला म नेकपाएमाले र तत्कालीनमालेबाट राजनीतिकप्रतिनिधित्वजनाएकोथिएँ। त्यसपछि २०५३ सालदेखि २०५६ सालसम्मतत्कालीनललितपुर नगरपालिकाका मेयर बुद्धिराजबज्राचार्यको स्वकीय सचिव बनेँ । त्यहाँमलाईकामगर्ने सहजवातावरण भएन । त्यसपछि मैले २०५६ सालमाउक्त स्वकीय सचिवको काम छाडिदिएँ । अनिमाओवादीसँगनजिकहुनपुगेँ ।
३ .तपाई एमाले र तत्कालीनमाले पार्टीमा बसेर लामो समय काम गरेपछि नेकपामाओवादीमाकिनप्रवेश गर्नुभयो ?
तत्कालीनललितपुर नगरपालिकाप्रमुखबुद्धिराजबज्राचार्यको सचिवालयको काम छाडेपछि म माओवादी सर्कलका नेतासँग संगत बढाउन थालेँ । उनीहरु पनिमलाई नजिक ठान्न थाल्नुभयो । मलाई पार्टी प्रवेश गर्न आग्रहगर्नुभयो । २०५६ सालमा म माओवादीमा प्रवेश गरे र २०५७ सालमा सदस्यतापनिलिएँ । म २०५६ सालमा माओवादीमा प्रवेशको केही समय अर्ध भूमिगतजस्तै बनेँ । २०६२/०६३ को जनआन्दोलनपछि प्रचण्ड भूमिगत जीवनबाट बाहिर आएपछि माओवादीको पहिलो बैठक पाटनस्थित मेरो घर बुवहालमा बसेको थियो । त्यतिबेलानेवाः राष्ट्रिय मुक्तिमोर्चाको तीनदिने बैठक बसेको थियो । भूमिगतअवस्थाबाट बाहिर आएपछि बाबुराम भट्टराईले मेरो घरबाट पहिलोपटक अन्तर्वार्तादिनुभएको थियो । त्यतिबेला म पनि भटट्राईको साथमै थिएँ ।
४. राजनीतिकर सामाजिक संगठनमा आवद्ध हुनुको कारण के हो ?
मैले पाटन क्षेत्रकाथ्रुपै संघसंगठनमा बसेर काम गरेँ । २०५६ सालमा मैले नेवाःखल कमिटीमा बसेर काम गरेको थिएँ । तर त्यो कमिटीको काम कारबाहीभने मलाई त्यतियाद छैन । मैले पार्टी र समाजको विभिन्नतहमा बसेर भूमिकानिभाउँदै आएको छु ।
५ .तपाई पार्टीमाअहिले कस्तो भूमिकामा हुनुहुन्छ ?
हाल म पार्टीको महानगर कमिटीअध्यक्षपनिहुँ ।माओवादीमाप्रवेश गरेपछि मैले नेवाः राष्ट्रिय मुक्तिमोर्चाको केन्द्रीय सदस्य र महानगर अध्यक्ष पनि भएर काम गरेँ । २०७० सालमा म माओवादी केन्द्रको महानगर कमिटीको अध्यक्ष भएँ । त्यसपछि पार्टी एकता र गठबन्धनपछि म जिल्ला कमिटीको सदस्यभएँ । २०७८ सालको कमिटीको निर्वाचनमा म पुन:निर्वाचित भएर नगर कमिटी अध्यक्षबनँ ।
६ . तपाई पार्टीमालागेको र समाजमा सक्रिय र काम गरेको धेरै समय भएछ, तर जनप्रतिनिधिबन्न यो भन्दा अघि किनउम्मेदवार बन्नु भएन?
यो पटक धेरैको साथ र हौसलाले म उपमेयरको उम्मेदवार बनेको हुँ । यो भन्दा अघिको बागमतीप्रदेश सभाचुनावमापनि म सदस्यमाआकांक्षीथिएँ । तर एमालेसँग गठबन्धन भएपछि ओलीले आफ्नो घर व्यवहारमा समस्याहुने भएको भन्दै मलाई त्याग्नआग्रह गरेपछि मैले त्यागेँे । त्यतिबेलाएमालेका ज्ञानेन्द्र शाक्यनिर्वाचितभए ।
७ .उम्मेदवारी दिएर जित्न सक्छु भन्ने आधार के छ ?
यहाँलामो समयकाम गरेको अनुभव नै जित्छु भन्ने आधार हो । मैले आजसम्म यस क्षेत्रमा गरेको कार्य र भूमिकाको निष्कर्ष चुनावमानिस्कने छ ।
८ .तपाई समाजसेवा र राजनीतिदुवै क्षेत्रमा सक्रियव्यक्ति, यी क्षेत्रलाई तपाई कसरी लिनुहुन्छ ?
मेरो बुझाइमा राजनीतिर समाजसेवा दुइटा पाटो हो । यद्यपिमैले यीदुवैलाई सँगसँगै अघि बढाएँ । नत समाजसेवामाकमजोर देखिएँ नत स्थानीय राजनीतिमा नै । मलाई समाजमा राजनीतिक र समाजसेवीदुवै व्यक्तिका रुपमा चिन्छन् । समाजमाकाम गरेको व्यक्तिले त्यो समाजको नेतृत्वपनिगर्न पाउनुपर्छ भन्ने मान्यता मेरो हो ।
९ .२०४९ सालको स्थानीयतहमाएमालेबाट वडाध्यक्षको टिकट तपाईलाई दिइएको थियो तर त्यतिबेलातपाईको उमेर नपुगेका कारण त्यसै छाडिदिनु प¥यो होइन?
हो, २०४९ सालको स्थानीयतहमाएमालेबाट वडाध्यक्षको टिकट मलाई भागलागेको थियो । तर त्यतिबेला मेरो उमेर २४ वर्ष मात्रै पुगेको थियो । त्यसैले आएको अवसर पनिगुमाउनु प¥यो । वडाध्यक्ष बन्नको निम्तित्यतिबेला २५ वर्षको पुग्नुपर्दथ्यो ।त्यसबेला मैले उक्त वडाको टिकट ज्ञानेन्द्र शाक्यलाई दिएँ । त्यस्तै २०५४ सालमापनिमैले तत्कालीनललितपुर नगरपालिकाको १८ नम्बर वडामा वडाध्यक्ष दाबी गरेँ । म र ज्ञानेन्द्र मध्ये को उम्मेदवार बन्ने भन्नेबारे रस्साकस्सी नै चल्यो ।
१० .तपाईले राजनीतिर सामाजिक क्षेत्रमा लाग्नुअघि हस्तकला व्यवसायगर्नुहुँदो रहेछ ? राजनीतिमालाग्नलाई किनव्यवसाय नै छाड्नुभएको ?
हो, म राजनीतिमा लाग्नुअघि मेरो व्यवसायथियो ।मैले हस्तकलाको व्यवसायगर्थे । राजनीतिमालागेपछि उक्तव्यवसायपनिचौपट बन्यो । राजनीतिकर समाजिककाममाव्यस्तहुनथालेपछि मैले व्यवसाय छाडेँ ।
११ .तपाई सानैदेखि राजनीतिक क्षेत्रमालागेको व्यक्ति, राजनीतिप्रतिकिनयति ठुलो मोह ?
२०३६ सालको कुरा हो म भर्खर १२ वर्षको थिएँ । उमेर सानै भएपनि मैले त्यतिबेला सिद्धिलाल सिंहलाई बुझ्न र जान्नभ्याइसकेको थिएँ । म उहाँको फ्यान नै थिएँ ।सिद्धिलाल भाषण वाकार्यक्रम छ भन्ने सुन्नेबित्तिकै म हेर्नलाई पाटनतिर पुग्थँ । २०३६ सालको कुरा हो, सिद्धिलाल अब बाहिर आउने भने भनेर हल्लाचल्यो । म पाटनको भिमसेनमन्दिर पुगेको थिएँ तर त्यतिबेला नराम्ररी लाठी खाएँ ।केटाकेटीउमेरमा लाठी खाएपछि मलाई झन् राजनीतिमालाग्ने जोस जाग्यो । त्यसपछि झन् म राजनीतिककार्यक्रममा हिड्न थालेँ । एकदिनगाःवहालको पानी ट्यांकीमातुलसीलाल र सिद्धिलालले भाषण दिए । उनीहरु दुई मिनेट आएर भाषण दिएर गायबभइहाले । त्यतिबेला म भाषण सुन्न त्यहाँपुगेको थिएँ । मेरो राजनीतिक इच्छा यीदुईव्यक्तिलाई देखेर आएको हो । यीदुवैको भाषण सुन्दा अब राजनीतिगर्नुपर्छ भन्ने लागेको थियो ।
१२ .कसरी सम्झिनुहुन्छ विगतलाई ?
मैले २०४० सालदेखि समाजसेवाको यात्रा सुरु गरेँ । म बौद्ध बिहार संघमा ६ वर्ष काम गरे (२०६४ देखि २०७० सम्म) । त्यस्तै अक्षश्वर महाविहारमापनि ६ वर्ष काम गरँे । हालयशोधर महाविहार टोलमा १७वर्षदेखि निरन्तर रुपमा मैले नेतृत्वगर्दै आइरहेको छु । म बुद्ध जयन्ती टस कमिटीको सदस्य र नेको जात्रामतयाको सल्लाहकार हुँ । म बौद्ध विहार र अक्षश्वर विहारको संरक्षकको रुपमा रहेको छु ।
१३ .ललितपु पाटन क्षेत्रकासंस्कृति संरक्षणमा तपाईले कस्तोभूमिकानिभाउँदै आउनु भएको छ ?
मलाई नेवारी संस्कृति र सम्पदाको राम्रो ज्ञान छ । पाटन क्षेत्रका सांस्कृतिकपर्वहरु सञ्चालन र संरक्षणमा म लाग्दै आइरहेको छु । मेरै सक्रियतामा पाटन क्षेत्रका १३ वटा विहारनिर्माणाधीन अवस्थामा रहेका छन् । त्यसमध्ये केहीको काम सकिएको छ । मैले नै १४ करोड बजेट माग गरेर सम्पदा क्षेत्रमाखर्च गरेको छु । सांस्कृतिक प्रशिक्षणको लागि रकमपनिहामीले तोकेको छौं । नीतिगत रुपमा नै पर्यटक आउँदा उठेको रकम सम्पदापूर्वाधार निर्माणमा खर्च गर्ने भनेर यसअघि निर्णय पनि गरेका थियौं ।
१४ .तपाईले चुनावजित्नु भयो भने पाँचवर्षमा के के गर्नुहुन्छ ?
मैले लामो समय पाटन क्षेत्रमा सामाजिककामगर्दै आएँ । यहाँको विकास निर्माण, सम्पदा संरक्षण र पूर्वाधार क्षेत्रको बारेमापनि म अवगत छु । हिजोको दिनहुननसकेका नयाँएजेण्डा मैले अघि सारेको छु । समग्रमाभन्दाललितपुर सुहाउँदो विकास गर्ने मेरो लक्ष्य छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij