
Apr 01 2025 | २०८१, चैत १९ गते
रामेछाप । सुनापतिगाउँपालिका वडा नं. ५, खनियापानीका स्थायीवासिन्दा ठूलोकान्छा तामाङलाई अध्यक्षपदमा देख्न चाहान्छन् । स्थायीवासिन्दाहरुकाे विश्वासलाई बनाइ राख्न उनले स्थानीयतह निर्वाचनमा सुनापतिगाउँपालिकाको अध्यक्षपदमा उम्मेदवारी दिनुभएको छ। पञ्चायतविरोधीआन्दोलनमा सक्रिय रहँदै २०४३ सालदेखि नै राजनीतिकयात्रा सुरु गर्नुभएकातामाङले बहुदलपक्षधरको तर्फबाट वडा नं. ३ को अध्यक्षपदकालागि स्वतन्त्रउम्मेदवार बन्नुभएको थियो । १३ भोटले हार व्यहोर्नु परेपनि राजनीतिको नशाभने उहाँमा बढ्दै गयो । ०४६/४७ सालको जनआन्दोलनका बेला काठमाडौं उपत्यकामा बसेर उहाँले महत्वपूर्ण भूमिकानिर्वाह गर्नुभएकाे थियो ।
राष्ट्रिय जनमोर्चामा आवद्ध उहाँ ०५१ को मध्यावधि चुनावपछि भने काठमाडौंमा सामान्यजीविकोपार्जन गरी बस्नुभयो । राजनीतिकउतारचढावका बीचउहाँनेकपामालेमापनि आवद्ध हुनुभएको थियो । ०५७ सालतिर माओवादी पार्टीसँग सम्पर्क भएपछि उहाँ पार्टीको जातीयमोर्चा तामाङ मुक्तिमोर्चामा आबद्ध भएर पार्टीलाई आर्थिक र भौतिक रुपले सहयोग गर्न थाल्नुभयो ।
०६३/६४ मा रामेछाप-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षबन्नुभएकाउहाँ२०७४ को स्थानीयनिर्वाचनमासुनापतिगाउँपालिका वडा नं. ५ को अध्यक्षबन्नुभयो । राजनीतिक, वैचारिक रुपले पार्टीलाई साथ सहयोग गर्दै आउनुभएकाउहाँले पार्टीप्रति गरेको योगदान र इमान्दारिता, जनताप्रतिको उत्तरदायीका कारण माओवादी केन्द्रले उहाँलाई सुनापतिगाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ । अध्यक्षकाउम्मेदवार ठूलोकान्छा तामाङसँग स्थानीयतहनिर्वाचनका सन्दर्भमा केन्द्रीत रहेर गरिएको कुराकानीः
१ .सुनापति गाउँपालिकाका विशेषताहरु के–के हुन् ?
सुनापतिगाउँपालिकाभित्रै गाडीमा आधा घण्टाका दूरिमामाथिचिसो र पहाड छ भने तल सुनकोशीनदी, चौरी खोलाले छुने ठाउँ छ जहाँगर्मी हुन्छ । यहाँ सुनापतिडाँडा छ जहाँबाट काठमाडौं देख्न सकिन्छ । यहाँ १०८ स्तुपा, गुफाहरु पनि संरक्षणका पर्खाइमा रहेका छन् । यिनलाई संरक्षण गरी पर्यटकीय क्षेत्रको रुपमाविकास गर्न सके आन्तरिक तथाबाह्यपर्यटकहरु आउन सक्ने थिए ।
यस गाउँपालिकाको माथिल्लो भेगमा स्याउ फल्छ, सुन्तला, आलु फल्छ भने तल्लो भेगमागाईभैसी पालन हुन्छ । आँप, लिचीहरु फल्छन् ।यहाँकाहावापानी, माटोअनुसार कृषि क्षेत्रमापनिकामगर्न सकिन्छ ।
२ .तपाईका जितकाआधार के-के हुन् ?
म पहिलापनि वडा अध्यक्षभइसकेको हुँ । पछिल्लो पाँचवर्षमाहामीले जनतालाई बढी भन्दा बढी सेवा सुविधादिने तरिकाले अहोरात्रकामगरिरह्यौं । ती सबै पूर्ण भइसकेका छैनन् । त्यो कामलाई जनताले देखेका छन् । मनन् गरेका छन् । हामीले गरेका राम्राकामलाई जनताले स्वागत गरेका छन् ।हामीले पहिले भोट माग्नजाँदा गरेको प्रतिवद्धता करिब ९० प्रतिशत पूरा गर्दै आएका छौं । अब पनिबोलेका कुराहरु पूरा गर्नेछौं, त्यसैले अबपनिमाओवादीले जित्नुपर्छ ।
३ .अघिल्लो निर्वाचनमा यस पालिकामामाओवादीले जितेको थियो, जनताकत्तिको सन्तुष्ट छन् ?
यसपालिकामा अघिल्लो पटक अध्यक्ष र उपाध्यक्षमाओवादीलेजित्नुभएको थियो । उहाँहरुले जनचाहनाबमोजिमअहोरात्रकामगर्नुभयो । सडक, यातायात, विद्युत, स्वास्थ्य, शिक्षालगायतकामानिसकाआधारभूतआवश्यकताहरुलाई पूरा गर्न निकै मेहनतगर्नुभयो । जनतामाओवादीसँगखुशी छन् । उनीहरु हामीलाई नै चाहन्छन् ।
४ .तपाईलाई भोट किनदिनुपर्ने ?
सुनापतिगाउँपालिकामाम यसअघि वडा नं. ५ को अध्यक्षभइसकेको हुँ । हामीले यस पालिकालाई समृद्धितर्फ अगाडि बढाउने काम गरेका छौं । सडक विस्तार, स्वास्थ्य, शिक्षा,विद्युत, खानेपानीलगायतकाक्षेत्रमा समेत हामीले कामगरिरहेका छौं । पहिला सिटामोलकिन्नकालागि घण्टौं हिड्नुपर्ने बाध्यताथियो ।स्थानीय सरकार बनेपछि हामीले जनताको त्यो बाध्यता हटाएका छौं ।मेरै वडाको कुरा गर्ने हो भने दुई वटा स्वास्थ्य सेवाभवन छ । जनतालाई सानोतिनो रोग लागे त्यहीउपचार हुनसक्छ । घर–घरसम्म सडक विस्तार गरेका छौं, केही स्थानमापीचपनि गरेका छौं । त्यसैले पछिल्लो पाँचवर्षमाहामीले जतिकाम गरेका छौं, त्यतिले समृद्धि पर्याप्त छैन । अझै धेरै कामगर्न बाँकी छ । त्यसकालागिमाओवादी नेतृत्व अगाडि आउन जरुरी छ ।
५ .यस पालिकामा भ्रष्टाचारको अवस्था के-कस्तो छ ?
भ्रष्टाचार भनेको हुनुभन्दा बढी अफवाहहुँदो रहेछ । एउटा पार्टीले नेतृत्वगरिरहेका बेलाअर्काे दलले भ्रष्टाचार भयो, ग¥यो भन्ने आरोप लगाउँदो रहेछ । यदिभ्रष्टाचार गरेको हो, विकासकाकुनै पनिकाम गरेको होइनभने जनताले थाहा पाइहाल्छन् नि ।निर्वाचनमै हामीलाई देखाइहाल्छन् । हामीले चुनावजित्नै सक्दैनौं । कोहीविपक्षीलाई मन नपरेर भ्रष्टाचार गरेको आरोप लगाउँछन् भने निर्णायकजनताहुन् । घर-घरमापत्रकार छन्, शिक्षित छन्, कुनकामकतिलागतमा बन्छ भन्ने कुरा सबैलाई थाहा छ । हामीले भ्रष्टाचार गरेका छैनौं, गर्दा पनिगर्दैनौ र गर्न पनिदिनेछैनौं ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij