
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेकपा (एमाले) ले आज पत्रकार सम्मेलन गर्दै छ । बिहान साढे १० बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
एमालेले समसामयिक राजनीति र स्थानीय तह निर्वाचनका विषयमा पत्रकार सम्मेलन गर्न लागेको हो । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीति र स्थानीय निर्वाचनका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij