
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । आगामी जेठ महिनादेखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ ।
सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शुक्रबार पनि सेयर बजार खुल्ने निर्णय गरेको जनाइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको ‘परिपक्व पुँजीबजार छलफल’ कार्यक्रममा सेबोनका अध्यक्ष रमेशकुमार हमालले शुक्रबार पनि बजार खुला राख्न नेप्सेलाई निर्देशन दिइसकेको जानकारी दिए ।
उनले आइतबारको सट्टा शुक्रबार पनि बजार खोल्ने निर्णय भएको बताए ।
यसअघि सातामा आइतबारदेखि बिहीबारसम्म ५ दिनमात्र सेयर कारोबार हुन्थ्यो । शुक्रबार सेयर कारोबार हुँदैन थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij