Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

‘विगतको ५ वर्ष कास्टिङ मात्रै, अब पुरै फिल्म देखाउँछौ’: रेनु दाहाल

‘विगतको ५ वर्ष कास्टिङ मात्रै, अब पुरै फिल्म देखाउँछौ’: रेनु दाहाल

  • काठमाडौँ  गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार रेनु दाहालले विगत ५ वर्षमा गर्व गर्न लायक कामहरु गरेको दावी गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    २०७४ सालमा मेयरमा निर्वाचित भएकी उनले विपक्षीहरुका अगाडि शिर झुकाउनु नपर्ने गरी काम गरेको बताएकी हुन् ।

    AGNI GROUP

    सत्तारुढ गठबन्धनले भरतपुरमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै उनले भनिन्, ‘पाँच वर्षमा टाउको झुकाउन नपर्ने गरी, प्रतिपक्षसँग आँखा जुधाएर कुरा गर्न सक्ने भएका छौं, भरतपुरलाई गर्व गर्ने ठाउँमा पुर्याएका छौं ।’

    उनले पुनः निर्वाचित भए महानगरमा सुरु गरेको गौरवका आयोजना पूरा गर्ने बताउँदै विगतमा गरेका प्रतिवद्धता पत्रभन्दा माथि उठेर सबैसँग सहकार्य गरेर सम्मृद्ध महानगरतर्फ अघि बढाएको बताइन् । 


    यस्तै महानगरमा थुप्रै विकासका कामहरु सुरु गरेको र ति कामहरु कास्टिङ मात्रै भएको बताउँदै उनले भनिन्,‘हामीले कास्टिङ देखाएका छौ । अब पुरै फिल्म देखाउँछौ’,।  

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij