
Aug 15 2025 | २०८२, साउन ३० गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन जित्न असहज नभएको बताउँदै सत्ता साझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दाबी गरेका छन् ।
भरतपुर विमानस्थलमा बिहीवार सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको बताए ।
यस्तै,अध्यक्ष प्रचण्डले उम्मेदवार उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेका जनाउँदै फैसला जनताका हातमा रहेको बताए । उनले भने, ‘निर्वाचन जित्न असहज छैन ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij