Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

रोल्पामा गठबन्धनबीच झडप : कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार डाँगी घाइते

रोल्पामा गठबन्धनबीच झडप : कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार डाँगी घाइते

  • रोल्पा । रोल्पामा कांग्रेस–एमाले गठवन्धन र माओवादी–एकीकृत समाजवादी गठबन्धन वीच झडप भएको छ । झडपमा परि माडी गाउँपालिका वडा नं. ३ का कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार मीनवहादुर डाँगी घाइते भएका छन ।

    images
    images
    images

    वडाध्यक्षका उमेदवार डाँगीमाथि एकाएक आक्रमण भएको नेपाली कांग्रेसका नेता पशुपति घर्तीमगरले बताए । ‘टाउकामा चोट लागेका घाइते डाँगीलाई थप उपचारका लागी नेपालगञ्ज पठाएको छौं,’ घर्तीमगरले भने ।

    माओवादी–एकीकृतसमाजवादी गठबन्धनले आफूहरुलाई कांग्रेस–एमाले गठबन्धनवाट आक्रमण भएकोले प्रतिवाद गरेको बताएको छ । नेकपा एकीकृत समाजवादी रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीमगरले भने, ‘हाम्रो तर्फका ५ जना साथीहरु घाईते भएका छन् ।’ दुई पक्षबीच सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij