
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको मुद्दा दायर भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा भइरहेको बहस नसकिएपछि मुद्दा राखिएको हो । महान्यायाधीशवक्ताको कार्यालयले समेत बहसमा सहभागी हुन पाउनु पर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएको थियो ।
सरकारले धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । सरकारले गरेको उक्त निर्णय खारेज गर्न परमादेशको माग गर्दै पोखरेलले वारेसनामा मार्फत सोमबार रिट दायर गरेका थिए ।
रिटमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए । नवनियुक्त आईजीपी सिंहको तचर्फबाट समेत अधिवक्ताहरूले बहस गरेका थिए ।
सिंहविरुद्धको मुद्दा तर्फबाट महान्यायाधिवक्ता खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij