Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

वाग्मतीमा प्रदेशमा बढ्दो कोरोना कहर

वाग्मतीमा प्रदेशमा बढ्दो कोरोना कहर

  • हेटाँैडा । विश्वव्यापी  महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट हेटाँैडालगायत वाग्मती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ ।  वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार  प्रदेशमा एक लाख १७ हजार १९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयको कोभिड–१९ का प्रवक्ता डा पुरुषोत्तम सेढाईंका अनुसार कूल सङ्क्रमितमध्ये ९८ हजार ५५९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । प्रदेशमा कोरोना सङ्क्रमणबाट निको हुने दर ८४ प्रतिशत रहेको उहाँको भनाइ छ । 

    images
    images
    images

    प्रवक्ता डा सेढाईंका अनुसार मुलुकका कूल कोरोना सङ्क्रमितमध्ये वाग्मती प्रदेशमा ५० प्रतिशत  छ । कोरोनाको सङ्क्रमणबाट सुरक्षित रहन सरकारले निर्धारण गरेको मापदण्ड पालना गर्नुपर्ने उहाँको भनाइ छ ।  यसैबीच हेटौँडा उपमहानगरपालिका–५ की ६४ वर्षीया एक महिलाको कोरोना सङ्क्रमणबाट आज आफ्नै घरमा मृत्यु भएको छ । उनलाई गत कात्तिक १८ गते कोरोना पृष्टि भएको थियो । शव व्यवस्थापन नेपाली सेनाले गर्ने निजको परिवारले जनाएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij