
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेकपा एकीकृत समाजवादीलाई गठबन्धनबाट आउट गरेका माओवादी र कांग्रेसबीच नै मनमुटाव बढिरहेको छ । लेकबेशी नगरपालिकामा उपमेयर नेकपा एसलाई दिएपछि गठबन्धन गरेका कांग्रेस र माओवादीबीच अन्तरकलहको तनाव बढ्दै गएको हो।
त्यस्तै चिङ्गाडमा माओवादीले कांग्रेससँगको गठबनधन औपचारिक रुपमा सकिएको घोषणा गरेको छ । यसअघि कांग्रेसको भागमा परेको यो पालिकामा नेकपा माओवादीले वडा नम्बर ३, ५, ६ मा वडाध्यक्ष पाउने सहमति भएको थियो ।
तर यहाँ कांग्रेसले आफ्नो तर्फबाट बागी उम्मेदवारी दिएकाको उम्मेदवारी फिर्ता गराउन सकेन । उपाध्यक्षमा मात्रै उम्मेदवारी दिएको माओवादीले उपाध्यक्षको मनोनयन फिर्ता लिएपछि यो पालिका प्रमुख र उपप्रमुखमा माओवादीको उम्मेदवारविहीन हुनपुग्यो ।
यस्तै, माओवादीसँग भएको सहमति कांग्रेसले उल्ट्याएका कारण कांग्रेसलाई आगामी चुनावमा भोट दिने सम्भावना नरहेको माओवादी पालिका सचिव महेश जिसीले बताए । माओवादीले यहाँ ‘नो भोट’ अभियान सुरु गर्ने उनले बताए ।
यस्तै,बराहताल गाउँपालिकामा पनि अध्यक्षमा माओवादीलाई र उपाध्यक्षमा कांग्रेसलाई सहयोग गर्ने सहमति भएको थियो । तर यहाँ पनि गठबन्धनको आधिकारिक उम्मेदवारबाहेक माओवादीबाट ईश्वरभक्त सुनारले उम्मेदवारी दिएका छन् । उनी पनि चुनावी प्रचारमा व्यस्त छन् । यसले यहाँ पनि गठबन्धनमा तनाव भएको जनाइएको छ ।
कांग्रेसको भागमा परेको पञ्चपुरी नगरपालिकामा समाजवादी र माओवादीले गठबन्धन कायमै राखेका छन् । यहाँ माओवादीको तर्फबाट मेयरमा केशव शाही उम्मेदवार छ । प्रदेश स्तरीय सहमतिअनुसार उने मनोनयनपत्र फिर्ता लिनुपर्ने थियो तर उनले मनोनयनपत्र फिर्ता नलिएको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij