Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा विराटनगर जाँदै 

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा विराटनगर जाँदै 

  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश १ को राजधानी विराटनगर जाँदैछन्। चुनावी सभालाई सम्बोधन गर्न उनी जान लागेका हुन्। देउवाको सचिवालयले जनाएअनुसार उनी १० बजेपछि विराटनगर जाने छन्। 

    images
    images
    images

    कांग्रेसका मोरङका अनुसार मध्यान्ह १२ बजे विराटनगरको पुष्पलाल चोकमा चुनावी सभा आयोजना गरिएको बताए। सभालाई पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा.शेखर कोइरालालगायतले पनि सम्बोधन गर्ने कांग्रेस मोरङले जनाएको छ । 

    images

    विराटनगर प्रदेश १ को एक मात्र महानगरपालिका हो । त्यहाँ ५ दलीय गठबन्धनबाट नागेश कोइराला प्रमुख पदका उम्मेदवार छन्। उनी कांग्रेसका हुन् । कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले तय गरेको कार्यक्रमअन्तर्गत कोइरालाको प्रचार हुनेगरी चुनावी सभा हुन लागेको हो । 

    कांग्रेसले २७ वैशाखसम्ममा १० ठाउँमा कार्यक्रम गर्ने जनाएको छ । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij