
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७८/ ७९ को पहिलो नौ महिनामा सरकारले ९८.२७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ ।
सो अवधिमा सरकारले कूल ८ खर्ब २७ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सरकारले लक्ष्य राखेको भन्दा बढि रकम संकलन गर्न सफल भएको अर्थले जनाएको हो ।
यसवर्ष संकलन भएको राजस्वमध्ये ७ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ कर राजस्व, ६१ अर्ब ४७ करोड रुपैयाँ गैरकर राजस्व र अन्य प्राप्ति ३८ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij