
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजधानी काठमाडौँमा चुनावी प्रचार थालेको छ । पार्टीले आज बिहान कोटेश्वरको मन्दिरमा पूजापाठ गरेर स्थानीय तहको चुनावी प्रचार प्रारम्भ गरेको हो ।
राप्रपाले आज कोटेश्वरबाट घरदैलो कार्यक्रम थालेको छ । पार्टीका नेता तथा कार्यकर्ताले तिनकुनेस्थित गणेश मन्दिरमा पूजापाठ गरेर घरदैलो कार्यक्रमको प्रारम्भ गरेको हो ।
कार्यक्रममा राप्रपाबाट ३२ नम्बर वडामा अध्यक्षका उम्मेदवार विष्णुराज गजुरेल र काठमाडौँ महानगरपालिकाको मेयर पदका उम्मेदवार मदनदास श्रेष्ठको नेतृत्वमा भएको छ । निर्वाचनको प्रचार प्रसार आचारसंहिता लागू नहुञ्जेल गरिने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij