Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

आलमको रिट शुक्रबार पनि हेर्दाहेर्दैमा

आलमको रिट शुक्रबार पनि हेर्दाहेर्दैमा

  • काठमाडौँ । शुक्रबारको सुनुवाइ नसकिएपछि पूर्वमन्त्री अफताब आलम विरुद्धको रिट आज फेरि पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ ।  

    images
    images
    images

    न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको  सुनुवाइ भएको थियो । आलम विरुद्ध विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियोग लागेको हो । यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको सुनुवाइ भने भएकै छैन ।

    images

    जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगन्जले सदर गरेपछि त्यसविरुद्ध आलमले सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए । २०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उदेश्यले भारतदेखि पेसेवर बम बनाउनेहरू ल्याइ बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्यूँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij