
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । बागलुङमा एमाले जिल्ला सदस्यले वडाध्यक्षको टिकट नपाएपछि पार्टी परित्याग गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी बागलुङ एमालेका जिल्ला कमिटी सचिवालय सदस्य खिम थापाले पार्टी परित्याग गरेका हन् ।
बागलुङ नगरपालिका–१० भकुण्डेका थापा नेकपा एमाले भकुण्डेको इन्चार्ज र पर्यटन विभाग प्रमुख हुन् ।
सामाजिक सञ्जालमा अपिल लेख्दै थापाले एमालेबाट अलग घोषणा गरेका हुन । भकुण्डेको वडा अध्यक्षका लागि आकांक्षी रहेका थापाले उम्मेदवार छनोटमा आफूलाई अन्याय भएको भन्दै पार्टी परित्याग गरेर स्वतन्त्र रहेको बताएका छन् । ‘अधिकतम कार्यकर्ताको चाहना के छ भनेर सल्लाह नगरी जनताको भविश्वप्रति खेलवाड गरेकाले पार्टी छाड्ने निर्णयमा पुगें ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij