
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको चुनावी घोषणापत्रलाई ‘पागलहरूको प्रलाप’ भनेको विषयमा आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएका छन् ।
कांग्रेसको घोषणापत्र निर्माण समितिका संयोजकसमेत रहेका महामन्त्री थापाले पत्रकार सम्मेलन गरी ओलीको भनाइको जवाफ दिन लागेका हुन् ।
ओलीले मंगलबार मनमोहन अधिकारीको २३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा कांग्रेसको चुनावी घोषणापत्रमा ‘गालीबाहेक केही नभएको’ र ‘पागलहरूको प्रलाप भएको’ टिप्पणी गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij