Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

महासङ्घ कर्णाली अध्यक्षमा शाही

महासङ्घ कर्णाली अध्यक्षमा शाही

  • कर्णाली । नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश समितिका अध्यक्षमा पदमबहादुर शाही निर्विरोध निर्वाचित हुनुभएको छ । आज सम्पन्न महासङ्घ कर्णाली प्रदेश समितिको निर्वाचनका लागि बिहीबार अध्यक्ष शाहीको मात्र एकल उम्मेदवारी परेको थियो । 

    images
    images
    images

    शाहीका अध्यक्षतामा ११ सदस्यीय प्रदेश कार्यकारिणी समिति निर्वाचित भएको निर्वाचन अधिकृत विवश बस्नेतले जानकारी दिनुभयो । अधिकृत बस्नेतका अनुसार समितिका उपाध्यक्षमा जुम्लाका रजवअली मनिहार ९जिल्ला–नगरबाट० सुर्खेतका प्रकाश उप्रेती ९एशोसियटबाट० र कोषाध्यक्षमा सल्यानका सुधन श्रेष्ठ निर्वाचित भएका छन् ।

    एसोसियट सदस्यमा झविराज खत्री र सीताराम कार्की यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । जिल्ला नगरका पाँच सदस्यमा कविराज कँडेल ९सुर्खेत०, कर्णबहादुर खत्री ९जाजरकोट०, दीपकराज खड्का ९रुकुम पश्चिम०, कृष्णप्रसाद कोइराला ९दैलेख० र नामग्याल तामाङ ९हुम्ला० निर्वाचित भएको निर्वाचन अधिकृत बस्नेतले जनाउनुभयो । उहाँका अनुसार प्रदेश समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाइएको छ । आज सम्पन्न निर्वाचनमा एसोसियटतर्फ ४४ र जिल्ला–नगरतर्फ ११ मतदाता थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij