
Apr 17 2025 | २०८२, वैशाख ४ गते
ललितपुर । स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख ३७ हजार ४३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले मंगलबार बिहान अद्यावधिक गरेको तथ्यांकअनुसार प्रमुख पदमा ३ हजार २ सय ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पदमा २ हजार ९ जनाको उम्मेदवारी परेको छ।
यस्तै अध्यक्ष पदमा ३ हजार २ सय ६४ जनाले मनोनयन दर्ता गराएका छन् भने उपाध्यक्ष पदमा २ हजार २ सय ९६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यता, वडा अध्यक्ष पदमा मात्र ३२ हजार २ सय १७ जनाको उम्मेदवारी परेको छ। महिला सदस्यमा २३ हजार ५ सय २१, दलित सदस्यमा २१ हजार २२१ र सदस्य पदमा सर्वाधिक ४९ हजार २ सय ३९ जनाको उम्मेदवारी परेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij