
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । सोमबार सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी १० रुपैयाँले सस्तिएको हो ।
आज छापावाला सुन प्रतितोला एक लाख २०० रुपैयाँ र चाँदी एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला एक लाख ५०० रुपैयाँ र चाँदी एक हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि आज अघिल्लो दिनेको तुलनामा तोलामा ३०० रुपैयाँले नै घट्दै ९९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij