
Apr 08 2025 | २०८१, चैत २६ गते
ललितपुर । नेपाली कांग्रेसलाई उपत्यकाका दुईवटा महानगरमा उम्मेदवार छनोट गर्न सकस भएको छ । निर्वाचन आयोगले आइतबार र सोमबार गरी दुईदिन स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवारको मनोनयन दर्ताको समय निर्धारण गरेको छ । उम्मेदवार मनोनयनको पहिलो दिनसम्म ललितपुर महानगरको उम्मेदवार कांग्रेसले टुंगो लगाउन सकेको छैन । कांग्रेसको ललितपुर महानगर कार्यसमितिले मेयरका लागि बर्तमान मेयर चिरीबाबु महर्जन, पूर्व सांसद चन्द्र महर्जन, हालकी उपमेयर गीता सत्याल र प्रेमकृष्ण महर्जन लगायतको नाम पार्टीमा सिफारिस गरेको थियो ।
कांग्रेसको आइतबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संभवत महानगर, उपमहानगरपालिकालगायत देशका सबै स्थानीय तहका उम्मेदवारहरु टुंगो लगाउने र सोमबार मनोनयन पत्र दर्ता गराउन लगाउने एक कांग्रेस नेताले जानकारी दिए । तर यतिखेर सम्म ललितपुर महानगरको मेयर टुंगो लगाउन महाभारत भएको छ !
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij