
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् । निर्वाचनको लागि लमजुङमा १७ दल दर्ता छन् ।
लमजुङका राजनीतिक दलहरूले आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित निर्वाचन आचारसंहिता कार्यान्वयन विषयक अन्तरक्रियामा सहभागी राजनीतिक दलहरूले आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।
छलफलमा नेकपा एमालेका जिल्ला सचिव सुभाष पौडेल, नेपाली कांग्रेस लमजुङका उपसभापति आनन्द घिमिरे, माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य सुनिल सुनार र कांग्रेसका निर्वाचन आचारसंहिता पालना गर्न प्रतिवद्ध रहेको बताए । राप्रपाका ठाकुरप्रसाद गुरुङले निर्वाचन स्वच्छ र निस्पक्ष हुनुपर्ने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले राजनीतिक दल स्वयंले निर्वाचन आचारसंहिता निर्माण गरेकाले स्थानीय निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाधँलीरहित बनाउन दलकै मुख्य भूमिका हुने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij