
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडाैँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सागरप्रताप राणा सर्वसम्मत सिफारिस भएका छन् ।
उनी यसअघि २०५४ सालमा पनि यही नगरपालिकामा मेयर बनेका थिए । उनलाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवारका लागि सिफारिस गरिएको हो ।
राणा सिद्धार्थनगर नगरपालिकाका पूर्वनगरप्रमुख समेत हुन् । पार्टीका वरिष्ठ नेता एवम् पूर्वमन्त्री दीपक बोहराको गृह नगरसमेत रहेको सिद्धार्थनगरलाई राप्रपाले आफ्नो बलियो पकड रहेको नगरपालिका मान्दै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij