
Apr 22 2025 | २०८२, वैशाख ९ गते
नेपालगञ्ज । नेपालगञ्जको मेयर नपाएपछि जसपामा असन्तुष्टि, स्वतन्त्र उम्मेदवारी दिने चेतावनी दिएको छ । गठबन्धले उपमहानगरपालिका नेपाली कांग्रेसलाई दिने निर्णय गरेसँगै असन्तुष्ट बनेका जनता समाजवादी पार्टी (जसपा) का स्थानीय नेता कार्यकर्ताले पार्टी परित्याग गर्ने तयारी थालेका छन् ।
बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले उपमहानगर बाँडफाँटका क्रममा नेपालगञ्ज उपमहानगरपालिका कांग्रेसलाई दिने निर्णय गरेसँगै जसपा बाँकेका नेताहरू पार्टी परित्याग गरेर छुट्टै निर्वाचन लड्ने तयारी थालेका हुन् ।
जसपाबाट बाँकेका प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वमन्त्री मोहम्द इस्तियाक ‘हामी गठबन्धन मान्दैनौँ, चुनाव लड्छौँ । पार्टीले मान्दैन भने हामी फरक चुनाव चिह्न लिएर पुरै बाँके जिल्लामा प्रतिस्पर्धा गर्छौं,’ राईले भने
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij