
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो आठ महिनामा वैदेशिक सहायता प्रतिवद्धता गत वर्षको तुलनामा ३२.७ प्रतिशतले घटेको छ ।
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले कूल १ खर्ब २६ अर्ब ७ करोड रुपैयाँ बराबरको आर्थिक सहायता प्राप्त गरेको छ ।
वैदेशिक सहायता प्रतिवद्धतामा अनुदान र ऋणको अंश क्रमसः ७.५ प्रतिशत र ९२.५ प्रतिशत रहेको छ । कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये आइएमएफ, एशियाली विकास बैंक र विश्व बैंकबाट क्रमसः ३७ प्रतिशत, २१.८ प्रतिशत र १६.६ प्रतिशत रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij