
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । गठबन्धनको भागबण्डा टंग्याउन मंगलबार अबेरसम्म बसेको सत्ता गठबन्धनको बैठकमा सहमति हुन नसकेपछि बुधबार पनि बस्ने तय भएको छ । मंगलबार रातिदेखि बिहान साढे २ बजेसम्म गठबन्धनका शीर्ष नेताहरू सहमतिका लागि छलफलमा जुटे पनि अन्तिम निष्कर्षमा पुग्न नसकेपछि आज बिहान ११ बजेको लागि बैठक बोलाइएको छ ।
महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिन सत्तारुढ गठबन्धनको बैठक बुधबार बिहान पुनः बस्ने भएको छ । बैठकमा सहभागी नेताहरूले बैठक निष्कर्ष नजिक पुगेको बताएका छन् ।
बैठकमा महानगरको भागबण्डामा सैद्धान्तिक सहमति जुटिसकेको छ । र, उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिन बाँकी रहेको छ । ६ महानगरमध्ये कांग्रेसले ३ र बाँकी दलले एक एकवटा महानगर लिने गरी सैद्धान्तिक सहमति भएको छ । आजको बैठकबाट यसलाई अन्तिम रूप दिइने नेताहरूले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij