
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं सत्तारुढ दलहरु महानगरपालिकाको भागबण्डा गर्ने विषयमा सहमति भएको छन् । आज बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा सो सहमति जुटेको हो ।
सहमति अनुसार देशका ६ वटा महानगरपालिकामध्ये तीन वटा नेपाली कांग्रेस र १/१ वटा नेकपा (माओवादी केन्द्र), नेकपा )एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालका भागमा परेको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको छ । यस्तै, माओवादी केन्द्रको भागमा भरतपुर, एकीकृत समाजवादीको भागमा पोखरा र जनता समाजवादी पार्टीको भागमा वीरगन्ज महानगरपालिका परेको छ । आजको बैठकमा भने नेताहरु भागबण्डा मिलाउन सफल भएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij