Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

८ महिनामा एसपी सहित १ हजारभन्दा बढी प्रहरीलाई कारबाही

८ महिनामा एसपी सहित १ हजारभन्दा बढी प्रहरीलाई कारबाही

  • काठमाडौं । २०७८ साउन पछिको ८ महिनामा १ हजारभन्दा बढी प्रहरी कर्मचारीलाई कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालयले विभिन्न उजूरीको आधारमा उनीहरुमाथि कारबाही गरेको हो । 

    images
    images
    images

    प्रहरी प्रधान कार्यालयले ८ महिनाको अवधिमा १ हजार २ सय २८ भन्दा धेरै प्रहरी कर्मचारी कारबाही गरेको हो । २०७८ साउन भन्दा पछि फागुन मसान्तसम्ममा १२ सय २८ जनालाई विभिन्नस्तरको कारबाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी कर्मचारीविरुद्ध विभिन्न स्रोतबाट उजुरी पर्छ। सो उजुरी छानविन र काम कारबाहीमा देखिएको त्रुटिका आधारमा प्रहरी कर्मचारीहरुलाई प्रधान कार्यालय र गृह मन्त्रालयले कारबाही गर्छ। 

     ४ जना प्रहरी नायव निरीक्षक (सई) सहित ६३ जनालाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी जागिरबाट बर्खास्त गरिएको छ। ५ जना प्रहरी भविष्यमा सरकारी जागिरमा अयोग्य ठहरिने गरी बर्खास्तीमा परेका छन्।

    २०७८ साउनपछि प्रहरी जवान र हबल्दार सबैभन्दा धेरै कारवाहीमा परेका छन्। देशभरका जिल्ला प्रहरी कार्यालय र परिसरहरुले ७ सय २५ जना जवान र ३ सय १९ जना हबल्दारहरूलाई कारवाही गरेको छ। जवान र हबल्दार ठुलो संख्यामा कारवाहीमा परेपनि ठूलो दर्जाका अधिकृत कारबाहीबाट जोगिने गरेका छन्। 
    २०७८ साउनपछि १४ जना इन्स्पेक्टर, ४ जना डिएसपी र ३ जना एसपीलाई कारबाही गरिएको छ। साना दर्जालाई बर्खास्त गर्ने, तलव र बढुवा रोक्ने कारबाही गरिएको प्रहरी प्रधान कार्यालयको तथ्यांकबाट देखिन्छ । तर, माथिल्लो दर्जाका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले ‘नसिहत’ र  ‘सचेत’ मात्रै गराउने गरिएको छ। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij