
Apr 18 2025 | २०८२, वैशाख ५ गते
रामेछाप । रामेछापका रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाउँमा नेकपा एमालेका संस्थापक नेताहरु सबैले एमाले छोडेका छन् । एमाले गोठगाउँका संस्थापक नेता तथा एमालेका वडा अध्यक्ष बाबुराम कार्की सहितका नेताहरूले एमाले छोडेर एमालेबाट विभाजित भएको एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
संस्थापक नेता बाबुराम कार्की सहित नेताहरू आज एक कार्यक्रमका बीच एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । उनलाई एकीकृत समाजवादीको केन्द्रीय पोलिटव्युरो सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज देव शंखर पौडेलले पार्टी प्रवेश गराएका हुन् ।
कार्कीले एमाले छोडेसंगै गोठगाउँमा एमाले संस्थापक नेता विहीन भएको छ । कार्की एमालेको वर्तमान वडा अध्यक्ष तथा एमालेको जिल्ला कमिटी सदस्य समेत भइ सकेको व्यक्ति हुन् । उनी २०५४ मा तत्कालीन गाविस उपाध्यक्ष समेत भएका थिए ।
पार्टीले संस्थापक नेताहरूलाई अपमान गरेर नयाँ पुस्ता र युवाको नाममा पार्टीमा कुनै योगदान नभएको व्यक्तिलाई ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा अध्यक्षको टिकट दिएपछि उनी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij