
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकमा दुई जना सञ्चालकको पद रिक्त भएको छ । ५ वर्षे पदावधि सकिएसँगै राष्ट्र बैंक नयाँ नियुक्त नहुँदासम्म बैठक बस्न नसक्ने अवस्थामा पुगेको छ ।
दुई जना सञ्चालकद्वय राम पौडेल र रामजी रेग्मीको ५वर्षे कार्यकाल शनिवारदेखि सकिएको छ । सरकारले राष्ट्र बैंक सञ्चालक नियुक्त गर्नुपर्ने हुन्छ । तत्काल नयाँ सदस्य नियुक्त नहुँदा केन्द्रीय बैैंकले महत्त्वपूर्ण निर्णय लिन नसक्ने राष्ट्र बैंकका अधिकारी बताउँछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij